मेस्सीको सहयोगमा नेयमारको गोल

0
152

काठमाडौं, भदौ २६ – स्टार खेलाडी लियोनल मेस्सीको सहयोग र अर्का स्टार नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति ब्रेस्टलाई १–० ले पराजित गरेको छ ।

ब्राजिलियन स्टार खेलाडी नेयमारले मेस्सीले निकालेको उत्कृष्ट पासमा खेलको ३०औं मिनेट गोल गरेका थिए । जारी लिगमा नेयमारको यो सातौ खेलमा आठौं गोल हो । यता, मेस्सीले ७ खेलमा ७ असिस्ट र ३ गोल गरेका छन् ।

जितसँगै पिएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थान छ । पराजित ब्रेस्ट ५ अंक जोडेर १७औं स्थानमा छ ।