चितवन,भदौ २६ – चितवनमा ट्रकको ठक्कर बाट दुई जना घाईते भएका छन । ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन ।
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए ।
घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने २७ वर्षिय कल्पना गुरुङ र २३ वर्षिय तिर्थ कुमारी गुरुङ रहेको पण्डितले जानकारी दिएका छन् । दुवैजनाको हातमा मध्यम चोट लागेकोले स्थानीय मेडिकल मुग्लिनमा उपचार भइरहेको छ ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति: