चितवन ,भदौ २५ – इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आज(शनिबार) देखी शुरु भएको छ । पहिलो खेलमा केबिए ग्लोबल भरतपुरले जित हासिल गरेको छ। उद्घाटन खेलमा फर्वाड राज भुसालको दोहोरो ह्याट्रिक मद्दतमा बिएफसीले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले जितेको हो।
बिएफसीको जितमा भुसालले दोस्रो ह्याट्रिक गर्दा रन्जित आले मगरले २ तथा रोशन क्षेत्रीले एक गोल गरे। खेलको १६औँ मिनेटमा रन्जितको गोलमा बिएफसीले अग्रता लियो। वान भर्सेस वानमा उनले मोतिहारीका गोलरक्षक मोहम्मद आयानलाई बिट गर्दै सुन्दर गोल गरेका थिए। २८औँ मिनेटमा राजले बिएफसीको अग्रता दोब्बर बनाए। ३३औँ मिनेटमा रन्जितले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३–० को अग्रता लियो। ३८औँ मिनेटमा राजले बिएफसीका लागि चौथो गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा राजले ह्याट्रिक पूरा गरेपछि बिएफसीले ५–० को अग्रता लियो। दोस्रो हाफको दोस्रो मिनेट र १७औँ मिनेटमा राजको गोलमा बिएससीले ७–० को अग्रता बन्यो।