बालेनको एक्सनपछि थप दुई तारे होटलहरुमा सञ्चालित क्यासिनोले तिरे कर

0
108

काठमाडौं, भदौ २४ – काठमाडौं महानगरपालिको मेयर बालेन्द्र साहको एक्सनपछि थप दुई तारे होटलहरुमा सञ्चालित क्यासिनोले मनोरञ्जन कर तिरेका छन् । काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार कामपा वडा नम्बर १३ मा होटल सोल्टीको क्यासिनो माजोङ्ग इन्टरटेनमेन्ट र वडा नम्बर २६ मा रहेको मल्ल होटलमा सञ्चालित बेली क्यासिनोले पनि मनोरञ्जन कर तिरेका हुन् । दुई क्यासिनोले करिब ३० लाख रुपैयाँ तिरेका हुन्

यसअघि बुधबार म्यारियट होटलमा रहेको डेल्टिन क्यासिनोले महानगरलाई १९ लाख ३७ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको थियो । तारे होटलहरुमा सञ्चालित क्यासिनोको मनोरञ्जन कर तिर्न महानगरले तोकता गरेपछि तीन क्यासिनोबाट महानगरले कुल ५० लाख रुपैयाँ कर असुली गरेको छ ।

काठमाडौं महानगरपालिकाले भदौ १९ गते आइतबार आफ्नो क्षेत्रमा पर्ने ७ वटा स्टार होटलका क्यासिनोहरुलाई ७ दिनभित्र जरिवाना सहित महानगरमा मनोरञ्जन कर बुझाउन ताकेता गरेका गरेको थियो । तीनवटा मनोरञ्जन कर बुझाएसँगै अब अन्नपूर्ण होटल, र्‍याडिसन होटल, हायात होटल र एलफ्ट होटलमा रहेका ४ क्यासिनोहरूले महानगरलाई मनोरञ्जन कर तिर्न बाँकी छ ।