राप्रपाका युवा नेता हरि अधिकारी चितवन क्षेत्र नं १ प्रदेश “ख” का लागि उमेदवार सिफारिस

0
126

रत्ननगर,भदौ २४ – राष्ट्रिय प्रजातन्त्र पार्टी बाट युवा नेता हरि अधिकारी चितवन क्षेत्र नं १ प्रदेश “ख” का लागि उमेदवार सिफारिस भएका छन् ।

पार्टीको जिल्ला कमिटी सदस्य अधिकारी केन्द्रीय बाणिज्य क्षेत्र समन्वय विभागको सदस्य समेत हुन । क्षेत्रीय समितिले अधिकारी सहित क्षेत्र न.१ का क्षेत्रीय अध्यक्ष बलराम खनाल, जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य र जिल्ला सदस्य गणेश रायमाझीको पनि नाम सिफारिस भएको हो ।

अधिकारीले गणतन्त्र स्थापना पछि संकटका बेला पार्टीको भरोसा बनेर उनले योगदान गरेको थिए । सामाजिक रुपमा सफल व्यवसायी र इमान्दार छवी बनाएका उनले रत्ननगर उद्योग संघ, लायन्स क्लव, रोटरी क्लव लगायतमा आफ्नो नेतृत्वबाट प्रभावित पारिसकेका छन ।