राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने क्रिकेट सङ्घबाट निलम्बित

0
160
sandeep-lamichhane

काठमाडौं,भदौ २४ – नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।

सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ ।

लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।