काठमाडौँ, भदौ २३ – बिहीबार शेयर बजार परिसूचक नेप्सेमा २.१३ अंकले गिरावट आएको छ। नेप्से ०.११ प्रतिशतले घटेर १९३७.७४ बिन्दुमा झरेको हो। नेप्से घटेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा झरेको छ।
नेप्से घटेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा झरेको छ। बिहीबार कारोबारमा आएका २२७ वटा कम्पनीका ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार रुपैयाँमा किनबेच भयो। बजार घटेसँगै १३ वटा उपसमूहका सूचकमध्ये ६ वटा उपसमूहका सूचक बढेका छन् भने ७ वटा उपसमूहका सूचक घटेका छन्।
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये ११७ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बिहीबार सर्वाधिक कमाउनेमा ग्लोबल आईएमई लघुवित्त र मल्टिपर्पोज फाइनान्स रहेका छन्। उक्त कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढिले वृद्धि भएर प्रतिकित्ता १२८० रुपैयाँ र ३४३ रुपैयाँ कायम भएको हो।
सर्वाधिक गुमाउनेमा सामुदायिक लघुवित्तका लगानीकर्ता रहेका छन्। कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढिले घटेर प्रतिकित्ता १४११ रुपैयाँ कायम हुन गयो। हिमालयन एभरेस्टको शेयर कारोबार सर्वाधिक हुँदा शेयर मूल्य प्रतिकित्ता ४११ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: