काठमाडौ,भदौ २२ – नेपाली कांग्रेसका महामन्त्री माननिय गगन कुमार थापा काठमाण्डौ क्षेत्र नं. ४ वाट निर्वाचित हुँदै आएता पनि यस पटक भने फलामको चिउरा हुने भएको छ।
यहि मंसिर ४ गते हुने प्रतिनिधि/प्रदेशसभा चुनावमा काठमाण्डौ क्षेत्र नं. ४ बाट अग्रज नेता विनोद बाबू प्रधानले आफ्नो दावेदारी प्रस्तुत गरे संगै गगनलाई आफु निर्वाचित भएको क्षेत्र नै अहिले अप्ठ्यारोमा परेको हो।
वि.सं. २०४० साल वाट राजनीती सुरू गरेका प्रधानले वि.सं. २०४६ को जनआन्दोलनमा वडा नम्वर ७ को कोर्डिनेटर भई काम गरेका छन।
त्यस्तै ,प्रधान वि.सं. २०५५ मा त्रिभुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी संगठन सदस्य, २०६२/०६३ को जनआन्दोलनमा उपत्यका समन्वय संयोजक ,सज्जन स्मृती क्लवका अध्यक्ष हुन।
वडा नम्वर ७ का पार्टि सभापति समेत रहेका प्रधान ४ नं. क्षेत्रीय उपसभापती हुँदै पटक पटक महाधिवेशन प्रतिनिधि समेत भई काम गरेका छन।
प्रधान पार्टिको नीति नियमको परिधी तथा देश, काल, परिस्थीती अनुरूप संचालन हुँदै जनतालाई सर्वोपरी राखी कार्य गर्नुपर्छ भन्ने लाइनका व्यक्ति हुन।
सरल निडर र हक्की स्वभावका प्रधानल माननिय गगन कुमार थापालाई विद्यार्थी राजनितिमा आफ्नो नोमिनेशन दर्ता गराउन नसक्दा देखि आफै गई नोमिनेशन गराउने देखि विद्यार्थी संगठनका बेला अप्ठ्यारो परिस्थीतीमा चट्टान झै उभिएर संसदिय संघीय समानुपातिक सदस्य देखि पटक पटक प्रत्यक्ष संघिय सांसद बनाउन लागि परेका सामाजिक अभियन्ता हुन।
प्रकाशित मिति: