सत्ता गठबन्धन कार्यदलको बैठक आज फेरी बस्दै

0
113

काठमाडौं, भाद्र २३ – सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकले कार्यदलमा आगामी प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँटको खाका शीर्षस्थ दलहरुलाई जिम्मा लगाउने तयारी छ ।

दलहरुले आफ्नो दाबी नछोड्दा कार्यदलमा सहमति जुट्न सकेको छैन । गठबन्धनको कार्यदलमा सिट बाँडफाँटमा सहमति हुन नसक्दा अब शीर्षस्थ नेताहरुबाट नै अन्तिम निस्कर्ष निस्किने बताइएको छ । बुधवार बसेको बैठकले कार्यदलमा सहमति जुट्न नसकेको भन्दै आज शीर्षस्थ नेताहरुलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।