अवैध लागूऔषधसहित चार जना पक्राउ

0
38

काठमाडौँ, असार ३१– प्रहरीले अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्धबाट २३ ग्राम अवैध लागूऔषध खैरोहेरोइनसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय निमा लामा, मोरङ पथरी शनिश्चरेका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ पथरीका २६ वर्षीय मणिराज सुब्बा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।