गठबन्धनले समर्थन फिर्ता लिएपछि इटलीका प्रधानमन्त्री ड्रघीले दिए राजीनामा

0
43

काठमाडौँ,असार ३१- इटलीका प्रधानमन्त्री मारियो ड्रघीले राजीनामा दिएका छन्। गठबन्धनका सहयोगी पार्टीले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएका हुन्।

२०२१ को फेब्रुअरीमा सत्ता सम्हालेका ड्रघीले राजीनामासँगैको एउटा विज्ञप्तिमा गठबन्धनमा विश्वास कायम राख्न नसकेको उल्लेख गरेका छन्।

ड्रघीले आगामी बुधबार संसदमा संवोधन गर्नेछन् । त्यसपछि मात्रै पुनः सरकारमा रहने वा छोड्ने भन्ने निधो अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यहाँका राष्ट्रपति सर्जियो मटेरेलाले भने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन्।