पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड संक्रमित थपिए

0
32

चितवन, असार ३० – पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड १९ संक्रमित थपिएका छन् ।तीनहजार ८४४ वटा नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै चितवनमा होम आइसोलेसनमा रहेका ८ जना संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार १७१ पुगेको छ ।

आज ७२ हजार ३२० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।