उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

0
29

काठमाडौं, ३० असार । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छिन् ।

भुसालले माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मी कुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गरेकी हुन् ।

कांग्रेस नेतृ भुसालले संसद् सचिवालयमा पुगेर उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ ।