एमी अवार्डका १४ विधामा ‘स्क्वीड गेम’

0
55

काठमाडौँ ,असार ३०- विश्वभर तरंग ल्याउन सफल वेब सिरिज मध्येको एक हो ‘स्क्वीड गेम’ ।

नेटफ्लिक्समा रिलिज भएको वेब सिरिजले इतिहास रच्दै नयाँ नयाँ रेकर्ड बनायो । दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने तथ्यलाई पेश गरेको सिरिज टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ ।

मुख्य अभिनेता, सहायक अभिनेत्री, सहायक अभिनेता र अतिथि भूमिकासहित यो सिरिज एमीका १४ विधामा मनोनयन भएको छ ।

‘स्क्वीड गेम’ ले बनाएको यो पनि नयाँ रेकर्ड नै हो। किनकी गैरअंग्रेजीले यो संख्यामा एमीमा आफ्नो उपस्थिति देखाउन सकेको छैन। वर्गीय अवस्था, शक्ति, धन र किड्डी खेलमा आधारित दक्षिण कोरियाली सिरिज ‘स्क्वीड गेम’ मा ली जोङ जे, पार्क हे सो र जङ हो एनले अभिनय गरेका छन् ।