मोदीको निमन्त्रणमा प्रचण्ड असार ३१ गते भारत जाँदै

0
56

काठमाडौं, असार २९– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही असार ३१ गते शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् ।

माओवादी केन्द्रका प्रभावशाली युवा नेता माधव सापकोटाले दिएको जानकारीअनुसार भेटवार्ताको क्रममा प्रचण्डले भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रचण्ड लामो समयपछि भारत जान लागेका हुन् । नेपालमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेतृत्वमा आएको टोली भ्रमण सकेर आज स्वदेश फर्किएको छ । चिनियाँ टोली फर्किएलगत्तै दाहालको दिल्ली दौडलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपाकालिन अवस्थामा दाहालको भारतसँग सम्बन्ध त्यति सुमधुर नभएको चर्चा थियो । दाहालको स्वागतको लागि दिल्लीले आवश्यक सबै तयारी गरिसकेको छ ।