कोसँग विवाह गर्दैछिन् सुनील शेट्टीकी छोरी आथिया

0
48

एजेन्सी,असार २९- भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल र बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी अक्सर आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । अब राहुल र आथियाले तीन महिनापछि विवाह गर्ने खबर आएको छ । दुबैको परिवारले बिहेको तयारी पनि सुरु गरेको बताइएको छ ।

स्रोतका अनुसार आथिया र राहुल ३ महिनापछि विवाह गर्ने योजनामा छन् । अभिनेत्रीको नजिकको स्रोतले खुलासा गरेको छ कि आथिया शेट्टी र केएल राहुल तीन वर्ष भन्दा बढी समयदेखि एकअर्कालाई डेट गर्दै छन्। अब दुवै आगामी तीन महिनापछि अक्टोबर वा नोभेम्बरमा विवाह गर्ने तयारीमा छन् । दुबैको बिहेको तयारी तिब्र रुपमा चलिरहेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

राहुलका आमाबाबु भर्खरै अथियाको परिवारलाई भेट्न मुम्बई आएका थिए। यति मात्र होइन, राहुल र आथिया दुवै आफ्नो परिवारसँग नयाँ घर हेर्न गएका थिए । दुवै जना आफ्नो नयाँ घरको कामको प्रगति हेर्न त्यहाँ पुगेका थिए । यी जोडीले आगामी तीन महिनाभित्र मुम्बईमा विवाह गर्ने बताइएको छ । यो दुबै परिवारको लागि ठूलो उत्सव हुनेछ। विवाहको सम्पूर्ण तयारी बेहुली आथिया आफैंले गरिरहेको छ ।

केही दिन अगाडि केएल राहुल उपचारका लागि जर्मनी गएका थिए, आथिया शेट्टी पनि उनीसँगै त्यहाँ गएकी थिइन् । राहुल चोटका कारण भारतको इंग्ल्याण्ड भ्रमणबाट बाहिर भएका थिए । ३० वर्षीय राहुलको ढाडमा चोट लागेको थियो जसका लागि उनी शल्यक्रियाका लागि जर्मनी गएका हुन् । राहुल करिब एक महिना जर्मनीमा बस्नेछन् र आथिया पनि निको नभएसम्म क्रिकेटरसँगै रहनेछन्।

गत वर्ष अहान शेट्टीको डेब्यू फिल्म टडपको प्रिमियरमा आथिया शेट्टी र केएल राहुलले पहिलो पटक सार्वजनिक रूपमा देखा परेका थिए। आथिया प्रायः आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा केएल राहुलसँगै जाने गर्छिन्।