देउवा पक्षको गठबन्धन मोह, शेखर पक्ष विरोधमा

0
39

काठमाडौं,असार २९- नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सत्ता गठबन्धनको पक्ष विपक्षमा बहस चलेको छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षधरले गठबन्धनको विपक्षमा बोलेपछि सभापति शेरबहादुर देउवा पक्षले बचाउ गरे ।

सभापति देउवाले गठबन्धनको विरोध गर्ने केन्द्रीय सदस्यहरुलाई एक्लै चुनाव लडेर देखाउन चुनौती दिए । देउवाको शैलीमा उनी पक्षधर केन्द्रीय सदस्यहरु प्रस्तुत भए । उनीहरुले गठबन्धन गर्दा स्थानीय चुनावमा लाभ पुगेको विषय उठाए ।

अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धनको बचाऊ गरे । देउवा पक्षको पूर्ण बहुमत रहेको केन्द्रीय समितिमा शेखर पक्षधरले भने कडा विरोध गरेका छन् ।

काँग्रेसभित्र शेखर पक्षधरले विद्रोहको चेतावनी दिदै आएको छ । चुनावमा गठबन्धन गर्न नहुने उनीहरुको भनाई रहँदै आएको छ ।