अमेरिकामा उपचारार्थ सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार

0
39

काठमाडौं, असार २८ – नेपाली कांग्रेसका नेता तथा बाग्मती प्रदेशका सांसद डा.राजाराम कार्कीको स्वास्थ्यमा सुधार भएको छ । प्रोस्टेटको क्यान्सर भएपछि उपचारको लागि उनी यतिवेला अमेरिकामा छन् ।

उनले जुन २७ मा केमोथेरापी लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।हाल उनको उपचार अमेरिकाको टेक्सास युनिभर्सिटीको एमडी एण्डरसन क्यान्सर सेन्टरमा भैरहेको छ । केमो लिएपछि आफूलाई औषधीको कुनै साइड ईफेक्ट नभएको पनि उनले जनाएका छन् ।