रत्ननगरमा ट्याक्टर र अटो ठोक्किदा १ जनाको मृत्यु, २ गम्भीर घाईते

0
36

चितवन , असार २८ – चितवनमा ट्रयाक्टर र अटो ठोक्किदा १ जनाको मृत्‍यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।

मंगलबार दिउँसो चितवनको रत्ननगरमा ट्रयाक्टर र अटो ठोक्किदा अटोमा सवार रत्ननगर नगरपलिका वडा नम्बर ५ की शोभनी कुमारी थरुनीको मृत्‍यु भएको हो । सोही ठाउंँका बजही थारु र चालक जियान महत्तो गम्भिर घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १ बजे रत्ननगरनगरपालिका वडा नम्बर ७ सिसुवार स्थित भित्रि सडकखण्डमा चित्रसारी बाट सौराहा तर्फ आउंँदै गरेको ना ४ त २७७४ नम्बरको ट्रयाक्टरले चित्रसारी तर्फ जांँदै गरेको ना २ ह २२८५ नम्बरको अटोसंँग ठक्कर खाएको थियो ।

ठक्करबाट गम्भिर घाईते भएका तीनै जनालाई भरतपुर अस्पताल पठाईएकोमा शोभनीको १ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते बजहीको टाउको, छाती हात खुट्टामा भित्री चोट लागेको छ र चालक जियानको टाउको र मुखबाट रगत आएको छ । उनीहरु दुबैको थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा छन ।