कुनै पार्टीसँग एकता हुँदैनः माधव नेपाल

0
55

धनगढी,असार २७ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् ।

‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौं । अझै पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार छौं’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौं ।’नेकपा (माओवादी केन्द्र)सँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने जवाफ दिए ।