चितवनमा आफ्नै बसले किचेर सहचालकको मृत्यृ

0
43

 चितवन, असार २६ – चितवनमा बसले किचेर एक युवकको मृत्यु भएको छ । बस मर्मत गर्ने क्रममा सोही बसले किचेर सुरज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्बरको बस चालकले परीक्षण गरेर चलाउँदा सहचालक नेपाली गम्भिर घाइते भएका थिए ।

उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बसका चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।