जसपाका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

0
61

काठमाडौं,असार २० – राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । आज (सोमबार)अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् ।

जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रूपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो ।

मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसपटक जसपाबाट ४ मन्त्री रहेकामा कुनैपनि महिला परेनन् । यसअघि जसपाबाट भौतिकमन्त्रीमा रेनु यादव थिइन् ।