चितवनका ६० ट्राफिक प्रहरीको नि:शुल्क मुटु परीक्षण

0
55

चितवन,असार १३- जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरीको नि:शुल्क मुटु परीक्षण गरिएको छ ।

चितवन मुटु अस्पतालले आज (सोमबार) ट्राफिक प्रहरीहरुको नि:शुल्क मुटु परीक्षण गरेको हो ।

अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शंकर लौडारीले मुटु परीक्षण गरेका हुन् । २४ सै घण्टा धुवा धुलोमा खटिने ६० जना ट्राफिक प्रहरीको ईको प्रविधिबाट नि:शुल्क मुटुको परीक्षण गरिएको अस्पतालले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा ६० जना ट्राफिक प्रहरी कार्यरत छन् ।