गोठमा आगलागी हुँदा निसास्सिएर ६ वटा पशु चौपाया मरे

0
42

लमजुङ, असार १३ – लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाया निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीसहर नगरपालिका वाड  ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगलागी हुँदा  १२ वटा चौपाया मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । 

उनका अनुसार  गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ वटा खसी र १ वटा माउँ बाख्रा आगलागी हुँदा निसास्सिएर मरेका हुन । त्यस्तै, एउटा  भैँसी घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।