हेटौंडामा शनिबार तीर्थ श्रेष्ठ एकल कविता साँझ हुने

0
48

हेटौंडा,असार १३- पोखरामा जन्मिएका वरिष्ठ कवि तीर्थ श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उनले कविता मात्रै होइन गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् ।

उनै कविको उपस्थितीमा नेपाल लेखक संघ मकवानपुरले एकल कविता साँझ गर्ने भएको छ । असार १८ गते शनिबार हेटौंडाको क्वीक ट्वान्टी पार्टी प्यालेसमा कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिन लागिएको लेखक संघका अध्यक्ष छवि अनित्यले बताए ।

कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु लगायतका दर्जनौं कविताहरु कवि श्रेष्ठका चर्चित कविताहरु प्रकाशित रहेका छन् ।

कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो ।