चार सयको स्पिडमा काम गर्छु : नवनियुक्त मन्त्री चौधरी

0
35

काठमाडौं, असार १३- नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् ।

शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे ।