चितवनमा नगद,दुई राउण्ड गोली र पेस्तोलसहित एक जना पक्राउ

0
51

चितवन, असार १२– चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।आज (आइतबार) विहान ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका–८ घर भई हाल भरतपुर–५ मा डेरा गरि बस्ने वर्ष ३२ का प्रकाश वि.क.लाई प्रहरीले पेस्तोलसहित कोठाबाट पक्राउ गरेको हो ।

गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको बेला वि.क.लाई पक्राउ गरिएको हो । वि.क.को कोठा खनतलासी गर्दा कटुवा पेस्तोलसहितका विभिन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली २ राउन्ड, १ लाख १४ हजार रुपैयाँ नगद, सुनको लकेट सहितको सिक्री एक थान, मोवाईलहरु ५ थान बरामद गरिएको छ ।

वि.क.लाई अदालतबाट म्याद अनुमति लिइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी हातहतियार खरखजना कसुरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।