‘कृष्णलीला’ को ‘‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक

0
79

काठमाडौँ, असार ११- कृष्ण जन्माअष्ट्मी अबसर पारेर सार्वजनिक हुन लागेको फिल्म ‘कृष्णलीला’ को ‘‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड गीत तिलोचोको सुन्दर दृश्यमा क्यामरा कैद गरीएको छ जुन हेर्दा निकै
आनन्दित लाग्नेछ ।

गीतमा डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत तथा एरेन्ज छ । स्वर रवि ओड र सुनिता कार्कीले दिएका छन् । कोरियोग्राफी माइकल चन्दको छ । दीपक ओली निर्देशित फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं, आयुषा क्षेत्री, पिताम्बर आचार्य लगायत कलाकारको अभिनय छ। फिल्मको लेखन लक्ष्मण सुवेदीले तयार पारेका हुन्।

शिव ढकाल र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।