केशरी थिङको थिङको ‘सिन्धु त पाल्चोक लेकैमा’ सार्वजनिक

0
48

काठमाडौँ, असार ११ – तामाङ गीतसङ्गीतमा नयाँ गीतका भिडियोहरू दिनानुदिन थपिरहेका छन् । यही परिवेशमा समाजसेवी एवं गायिका केशरी थिङको ‘सिन्धु त पाल्चोक लेकैमा’ शनिवार सार्वजनिक भएको छ ।

विशाल पाख्रिनको शब्द‚ सङ्गीत र स्वरबद्ध र गायिका केशरी थिङको आवाज रहेका छन् । भिडियोमा बाबु शेर्पा, केशरी थिङ, लासाङ शेर्पा‚ अजिता राना मगरले फिचरिङ गरेका छन् ।

निर्देशक रुपेश योन्जनद्वारा निर्देशित भिडियोमा निशल योन्जनद्वारा सम्पादन गरेका हुन् ।

सिन्धुपाल्चोकको विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएका भिडियो छायाङ्कन रुणित विसुङ्खेले गरेका हुन् भने नेपाल अन्जन क्रिएसनबाट सार्वजनिक गरेका छन् ।

सामाजिक अभियन्ता थिङ पछिल्लो समय गीतसङ्गीतमा पनि त्यति नै अब्बल देखिँदै आइरहेको छ । ‘राम्री तरुणी’ गीतबाट चर्चा कमाएकी थिङको यो पछिल्लो म्युजिक भिडियो हो ।