भरतपुरमा ढल निर्माणपछि मात्र सडक कालोपत्रे गरिने

0
32

चितवन, असार ११- भरतपुर महानगरपालिकाले ढल निर्माणपछि मात्र सडक कालोपत्रे गर्ने बताएको छ ।

नगर सभा तथा११ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले सतह ढल निर्माण गरेर मात्र बाटो विस्तार र पिच गर्ने बताएकी हुन् ।

उनले सहर क्षेत्रमा आकासे पुल निर्माण गर्ने, साईकल लेन सहितको सडक निर्माण गर्ने , पैदल यात्रीहरुको लागि पेटीको व्यवस्था गर्ने बताएकी छिन् । निजि क्षेत्रको सहकार्यमा स:शुल्क पार्किङको व्यवस्था गर्ने समेत महानगरको योजनामा छ ।