राप्ती नगरपालिकाद्वारा बजेट ९० करोड बराबरको बजेट सार्वजनिक

0
42

राप्ती ,असार १०– राप्ती नगरपालिकाले आगामी वर्षका लागि ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

उपप्रमुख लामाका अनुसार ५३ करोड २० लाख तथा पुँजीगत तर्फ ३७ करोड ७२ लाख ६४ हजार बराबरको वजेट छ । नगरले आगामी वर्ष ८ करोड ५० लाख आन्तरीक श्रोतबाट उठाउने लक्ष्य लिएको छ । संघीय सरकार समानिकरण अनुदानमा १८ करोड ५३ लाख,सशर्त अनुदान चालु तर्फ २९ करोड १४ लाख,पुँजीगत तर्फ ५ करोड १२ लाख,विषेश अनुदान पुँजीगत तर्फ २ करोड,समपुरक अनुदान पुँजीगत तर्फ ८० लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकार समानिकरण अनुदान तर्फ १ करोड ८१ लाख ८८ हजार,सशर्त अनुदान चालु २ करोड ७० लाख,विषेश अनुदान पुँजीगत तर्फ ४० लाख र समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ६८ लाख रहेको छ । नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शमशेर लामाले कृषि र किसान लाभान्वित हुने कार्यक्रम ल्याउन लागिएको बताए । कृषि क्षेत्रको विकासका लागि बीमा सुविधा,भण्डारण,कृषि सामाग्रीको सरल र नियमित उपलव्धता,सिंचाई लगायतको व्यवस्था गरिने प्रमुख लामाले बताए ।

पुर्वपश्चित राजमार्गको पुरानो बाटोमा वसोवास गर्ने सुकुम्वासीहरु र वडा नम्वर १०,११ ,१२ र १३ का स्थानीयलाई सुविधा सम्पन्न एकिकृत वस्तीहरुको विकास गर्ने योजना छ । नगर भित्र सवै प्रकारका अनियमितता,भ्रष्टचार तथा ढिलासुस्तीको नियन्त्रण गरिनुका साथै संभव भए सम्म नगर सभा,कार्यपालिका वैठक,तथा अन्य भेलातथा वैठकहरुको संचार माध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरिने नगर प्रमुख लामाले बताए ।