सन्तोष बस्ताकोटी
भरतपुर,असार ५- भरतपुर महानगरपालिका वडा नं १५ मंगलपुरमा रहेको उषा इङ्लीस बोडिङ स्कुलमा जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। जिल्ला रेड्क्रस सोसाईटी,चितवनको प्राविधिक सहयोगमा संचालित उक्त गोष्ठीमा जुनियर युवा कार्यप्रणाली र मनोसामाजिक परामर्शको विषयमा प्रशिक्षण दिइएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति तथा जुनियर युवा समितिका संयोजक रत्नप्रसाद सापकोटाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।
बागमती प्रदेशका भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रेडक्रसको जुनियर युवा कार्यप्रणाली र मनोसामाजिक परामर्शको विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरिप्रसाद पौडेल,जिल्ला सभापति ज्ञानशाली न्यौपाने,वडाध्यक्ष श्रीकृष्ण देवकोटा,शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदी,प्याब्सन चितवनका अध्यक्ष किर्तिनिधि अर्याल,रेडक्रसका केन्द्रीय निर्वतमान उपमहामन्त्री हरिप्रसाद न्यौपाने लगाउतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बार्षिक कार्ययोजना निर्माण, स्काउट मार्चपास तथा साँस्कृतिक नृत्य र रेडक्रस सम्बन्धी सन्देशमुदक नाटक प्रस्तुत भएको उषा इङ्लीस बोडिङ स्कुलका शिक्षक नायक दीपेन्द्र पौडेलले जानकारी दिए ।