कालिका नगरपालिकाको मेयरमा एमालेका बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी

0
54

चितवन, जेठ ४- चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी भएका छन् । रेग्मीले नेपाली कांग्रेसका शिवराम केसी र लामाले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी सबिता लामालाई पराजित गरेका हुन् ।

मेयरमा रेग्मीको १०७१४ र केसीको १०५७१ तथा उपमेयरमा बिमलाको १०४४० र सबिताको ९६७८ मत रहेको थियो ।