माडीको मेयरमा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित

0
166

चितवन, जेठ ३– माडी नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतो विजयी भएकी छन् । महतो ९९०१ मतका साथ मेयरमा निर्वाचित भएकी हुन ।

उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले ७७२९ मत प्राप्त गरे ।

यस्तै,उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । महतोले ६८३० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राप्रपाका मदन पौडेल ५१४० मत प्राप्त गरे ।

माडीमा कुल २० हजार ४९५ मत खसेको थियो । माडीमा पाँच दलीय गठबन्धन सँगै एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो ।