रत्ननगरमा चार जना बहालवाला अध्यक्ष पराजित

0
63

चितवन, जेठ ३ – चितवनको रत्ननगर नगरपालिकामा बहालवाला चार जना वडाध्यक्ष पराजित भएका छन् ।

रत्ननगर वडा नं ३ मा एमालेबाट उमेदवारी दिएका गुप्तनाथ भट्टराई, एमालेबाट वडा नं ४ मा उमेदवारी दिएका रवीन्द्र चौधरी र सोही पार्टीबाट वडा नं ५ मा उमेदवारी दिएका कृष्ण महतो र नेपाली कांग्रेसबाट वडा नं ७ मा उमेदवारी दिएका राजन भट्ट पराजित भएका हुन् ।

भट्टराईलाई कांग्रेसका सोहेन्द्रराज खरेल, रवीन्द्र चौधरीलाई कांग्रेसका रामकुमार चौधरी, कृष्ण चौधरीलाई कांग्रेसका बालकृष्ण चापागाईं र भट्टलाई एमालेका सजना महतोले पराजित गरेका हुन् ।

वडा नं १४ मा समाजवादीबाट उमेदवारी दिएका हरिकुमार श्रेष्ठ र वडा नं १६ मा एमालेबाट उमेदवारी दिएका हेमराज थापा बहालवाला अध्यक्ष हुन् । वडा नं १४ र १६ को मत गणना हुन् बाँकी छ ।