स्थानीय तहको निर्वाचन : भरतपुरमा रेनु दाहाललाई ९० मतको अग्रता

0
143

भरतपुर, जेठ ३- भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा मेयर पदका उमेदवार रेनु दाहालले नेकपा एमालेका उमेदवार विजय सुवेदीसँग मतान्तर बढाउँदै गएकी छन् । पछिल्लो मतगणनाअनुसार दाहाललाई ९० मतको अग्रता छ ।

एमालेका विजय सुवेदीले ६०८० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६१७०मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७५२४ मतका साथ अग्रता बनाइरहेका छन् । यो वार्डमा वडाध्यक्षमा भने कांग्रेसका युद्ध श्रेष्ठ र पदमपाणी सुवेदीबीच कडा टक्कर देखिएको छ । वडा न ५ मा १२१७ मत गणना हुँदा श्रेष्ठले ५३३ र सुवेदीले ५३० मत प्राप्त गरेका छन् ।