स्थानीय तहको निर्वाचन :रौतहटका यी चार पालिकामा को-को छन अगाडी ?

0
172
रुपेन्द्र पटेल रौतहट, जेठ ३- स्थानीय तहको निर्वाचनमा गौर नगरपालिका र दुर्गा भगवती गाउपालिकामा नेकपा एसका सम्भु साह र माओवादीका सम्भु सिंह अगाडि रहेका छन् । गौर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार शम्भु साह कानु र दुर्गा भगवती गाउपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंहको पक्षमा भारी मत परेरको छ ।
गौरमा साह दोब्बर मतले अगाडी बढाएको छन भने दुर्गा भगवतीमा सिंह एक हजारको फराकिलो मतले अगाडि रहेका छन् । सो भेगका मतदाताले यसपाली विकास नगर्ने, आर्थिक अनियमितता गर्ने, मन नपराउनेलाई पाखा लगाउदै नयाँ उम्मेदवारको पक्षमा मतदान गरेर आफनो भाग्य निर्माणका लागि साथ दिएका छन् ।
तसर्थ जनताको अभिमतलाई सदुपयोग गर्दै गास, वास, कपासको साथै मानविय जीवनलाई आवश्यक पर्ने सम्पूर्ण कार्यलाई पुरा गर्न गराउने जिम्मेवारी निर्वाचित पदाधिकारीको हुन्छन् त्यसैले जनताबाट चुनिएको व्यक्ति सेवक बनेर काम गर्दा सधै जनताको सामु उदाहरणीय बन्न सक्छ, हिरो बन्न सक्छ तर मालिक बनेर शासन गर्नेलाई जनताले पाखा लगाउने स्थानीयको भनाइ रहेको छ ।
जनता सर्वोपरी हो, जनताको सुखदुखमा साथ दिनेलाई जनताले सधै आफनो भाग्य विधाताको रुपमा हेर्ने गर्दछन् तर राजनीति गर्ने व्यक्ति सधै सेवक बनेर बसेमा जनता उसैको पक्षमा तल्लिन भएर साथ दिने छन् । जिल्लाका अन्य पालिकाहरुमा समेत धमाधम मतगणना जारी रहेको भएपनि मत परिणाम सुस्त आएको छ । गौरका मेयरका उम्मेदवार साह यस भन्दा पहिला गौर नगरपालिकाका मेयरका उम्मेदवार अजय गुप्तासंग परिजित भएका थिए । यता रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाको ६ वटा वाडको मत गणना सम्पन्न हुदा सम्म नेपाली कांग्रेस १४२९ मतले अगाडी रहेको छ ।
चन्द्रपुर नगरपालिकाको वाड नं. १ देखी ६ सम्मको अन्तिम मत परिणाम अनुसार हाल सम्म नेपाली कांग्रेसका नगर प्रमुख उमेदवार संजय काफलेले ५८३३ मत र उपमेयर जयमाला चौधरीले ६२७४ मत प्राप्त गरेकी छिन ।
यसैगरी नेकपा माओबादीका नगर प्रमुख उमेदवार खिल प्रसाद पौडेलले ४४०४ मत र उप प्रमुख देवकी नेपालले ५३०८ मत ल्याएकी छिन । त्यस्तै तेस्रो स्थानमा नेकपा एकिकृत समाजबादी पार्टीका बाबुराम दाहाल रहेका छन ।
उनले ३७३० मत र उप प्रमुख उमेदवार रामरती चौधरीले २७४० ल्याएकी छिन । यसैगरी नेकपा एमालेका नगर प्रमुख उमेदवार शिव आचार्यले ३४७१ मत र उप प्रमुख मुना लामिछाने मगरले ३७८० मत ल्याएकी छिन । त्यसैगरी स्वतन्त्र नगर प्रमुख उमेदवार रामचन्द्र चौधरीले १२०३ मत ल्याएका छन । वाड नं। ७ र ८ को मत गणना जारी रहेको छ । यता बृन्दावन नगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार विनोद प्रसाद पटेलको अग्रता कायमै रहेको देखिन्छ ।
बृन्दावन नगरपालिका वडा नं-१६३४ मत गिन्ती गर्दा कलम छापका उम्मेदवार विनोद प्रसाद पटेलले ७७४, नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवले -२४१, नेकपा एमालेका उम्मेदवार प्रेम शंकर यादवले-१६६, नेकपा माओवादीका उम्मेदवार रामप्रसाद पटेल ले, ३१३ र जनता समाजवादी पार्टीका उम्मेदवार शेख हकिमले-१४ मत प्राप्त गरेका छ्न ।