रोल्पाको माडी गाउँपालिमा माओवादी केन्द्र विजयी

0
187

रोल्पा,जेठ २- रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का अमरसिंह घर्तीमगर विजयी भएका छन् ।

मगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गरे । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरे । सो गाउँपालिका-१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नं ३ मा नेकपा (एकीकृत समाजवादी) ले विजयी हासिल गरेका छन् । माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्रमाओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।