देवघाट गाँउपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

0
170

देवघाट,जेठ २- देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी)केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा चार हजार तीन सय छ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले तीन हजार चार सय ८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।

उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिंह गुरुङ तीन हजार सात सय २१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का सावित्री न्यौपानेले तीन हजार चार सय ६७ मत प्राप्त गर्नुभयो ।

कूल १२ हजार आठ सय १५ मतदातामध्ये गाउँपालिकामा आठ हजार छ सय ४७ मत खसेको थियो । पाँच वटा वडामध्ये देवघाटमा नेपाली काङ्ग्रेसले तीन र नेकपा (एमाले) ले दुई वटा वडामा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले देवघाट वडा नम्बर २, ३ र ५ जितेको छ भने नेकपा (एमाले) ले १ र ४ वडा जितेको छ ।