रत्ननगरमा माओवादी केन्द्रले खाता खोल्यो, वडा सदस्यमा जमकट्टेल निर्वाचित

0
186

चितवन, जेठ २- चितवनको रत्ननगर नगरपालिका–३ को वडा सदस्यमा नेकपा (माओवादी केन्द्र) का इश्वर प्रसाद जमकट्टेल वडा सदस्यमा निर्वाचित भएका छन् ।

२०७४ को स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र शुन्यमा रहेको थियो । अहिले जमकट्टेल निर्वाचित भएसँगै माओवादीले स्थानीय तह चुनावमा पहिलो खाता खोल्न सफल भएको हो ।

गठबन्धनका तर्फवाट नेपाली काग्रेसका सोहेन्द्र राज खरेल वडाध्यक्षमा निर्वाचित भएकाछन् । भने रत्ननगर -३ मा गठबन्धनको प्यानल नै विजयी भएका छन् ।

रत्ननगरमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले वडा तह सम्मनै तालमेल गरेका छन् । भने केहि वडाहरुमा गठबन्धन गर्न स्थानिय वडा कमिटि नमान्दा मित्रवत प्रतिस्पर्धामा समेत गठबन्धन भित्रमा दलहरु रहेका छन् ।