रत्ननगर-०१ मा काँग्रेसका कुल प्रसाद सापकोटा सहित प्यानल नै विजयी

0
200

चितवन,जेठ १- चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १ मा नेपाली काँग्रेसका कुल प्रसाद सापकोटा अध्यक्षमा विजयी भएका छन । सापकोटाले कुल २२९५ मतमा ९१५ मत प्राप्त गरेका हुन । सापकोटा सहित् उनको प्यानल नै निर्वाचित भएको हो ।

सापकोटाले नेकपा एमालेका सालीकराम पराजुली र् नेकपा माओवादी केन्द्रका युवराज पौडेल (गणेश)लाई पराजित गरेका हुन् । सापकोटाको निकटतम प्रतिद्वन्धी पराजुलिले ६८६ मत प्राप्त गरेका छन। भने नेकपा माओवादी केन्द्रका युवराज पौडेल (गणेश)ले ३५४ मत प्राप्त गरेका छन ।

त्यस्तै,महिला सदस्य उमादेवी सुवेदीले ७८६ मत प्राप्ती गरेकी चाइना बह्ने उनको प्रतिद्वन्धी एमालेकी सुनिता भट्ट कुँवरले ७४० मत प्राप्त गरेकी छिन । दलित महिला सदस्य बिन्दु मग्रातिले ८०९ मत पाउँदा उनको प्रतिद्वन्धी बिभादेवी पारीयारले ७१२ मत प्राप्त गरेकी छिन । खुला सदस्य तर्फ नेपाली काँग्रेस बाट गिरिराज लम्सालले ७५२ मत र् सुर्य विक्रम चौधरीले ७२३ मत प्राप्त गरेका छन भने नेकपा एमाले बाट दोवराज खत्रीले ५९२ र् बाबुराम श्रेष्ठले ६७७ मत प्राप्त गरेका छन ।