राप्ती-४ को वडा अध्यक्षमा केदार आचार्य विजयी

0
193

चितवन,जेठ १- चितवनको राप्ती-४ को वडा अध्यक्षमा एमालेका केदार आचार्य विजयी भएका छन् । राप्ती ४ को वडा अध्यक्षमा केदार आचार्यले १३ सय ५० मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका गोपीकृष्ण बर्तौलाले  १२ सय १२ मत ल्याएका छन् ।

वडा सदस्यमा एमालेकी शान्ति माया खुलालले १३ सय १८, नेपाली काँग्रेसका रमेश श्रेष्ठले १ हजार ६,  झनक बहादुर श्रेष्ठले ११ सय ७४ र दलित महिला सदस्य रमिता परियारले १२ सय २९ मत ल्याएर विजयी भए ।

दुई वडा ( ६ र ४)  मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले २४ सय १७, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले २७ सय ९२ मत प्राप्त गरेका छन् ।