माडी नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दण्डपाणी पौडेल निर्वाचित

0
114
चितवन, जेठ १- माडी नगर निर्वाचन अन्तरगत माडी नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नेता दण्डपाणी पौडेल निर्वाचित हुनुभएको छ ।
आइतबार दिउँसो सकिएको मतगणनामा पौडेलले ६३२ मत पाउँदै वडाध्यक्ष जित्नुभएको हो ।
उहाँ यसअघि सोही वडाको निर्वाचित वडा सदस्य रहनुभएको थियो । उहाँको निकटतम् प्रतिद्वन्दी राप्रपाका युवा नेता अर्बिन गुरुङले ५३५ मत पाउनुभयो भने एमालेका उम्मेदवार नारायण अधिकारीले ४७१ मत ल्याउनुभयो ।