मत सदर कि बदर भन्ने विषयमा विवाद हुँदा भरतपुरको मतगणना रोकियो

0
54

चितवन, जेठ १- भरतपुर महानगरपालिकाको वडा नं २ को १९०० मतगणना सकिएर २००० मत गन्दै गर्दा मत सदर कि बदर भन्ने विषयमा मतगणना रोकिएको छ । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले सदर गर्न माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो ।

यस विवाद समधानका लागि सर्वदलीय बैठक बस्न लागेको नेकपा एमालेका युवा नेता अस्विन घिमिरेले जानकारी दिए ।