भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता

0
167

भक्तपुर, जेठ १- भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ७ हजार ७०५ मतले फराकिलो अग्रता कायम गरेको छ ।

नेमकिपाका सुनिल प्रजापतिले ९ हजार ४०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १७ सय ३ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्युले ११ सय मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका तुल्सी भक्त सुवालले ३१६ मत ल्याएका छन् ।