स्थानिय निर्वाचन अपडेट : रत्ननगरमा काँग्रेसको शुरुवाती अग्रता

0
56

चितवन , वैशाख ३१- रत्ननगर नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रलाद सापकोटाले अग्रता लिएका छन् ।

वडा नं. १ को प्रारम्भिक मतगणना अनुसार सापकोटाले ५५ र एमालेका मेयर उम्मेदवार बिमला दुवाडीले ३३ मत ल्याएकी छिन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट समाजबादीका बद्री घिमिरेले र एमालेका यादव पाठक ले समान ३२/३२ मत प्राप्त गरेका छन् ।स्वतन्त्र तर्फकी उमेद्वार विरन्जना घिमिरेले ७ मत प्राप्त गरेकी छन ।

वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् । वडाध्यक्षका उमेदवार कुल प्रसाद सापकोटाले ३४ , एमालेका शालिग्राम पराजुलीले ३२ मत र माओवादीका युवराज पौडेलले २२ मत प्राप्त गरेका छन् ।

स्थानिय निर्वाचन: रत्ननगर नगरपालिका ताजा अपडेट(संक्षिप्तमा)
मेयर तर्फ:
प्रल्हाद सापकोटा(नेपाली काँग्रेस) ५५
बिमला देवि दुवाडी(नेकपा एमाले)३३
हरि शरण भट्टराई(राप्रपा) ३
उप–मेयर तर्फ:
बद्रीनाथ घिमिरे(नेकपा एस)३२
यादव पाठक(नेकपा एमाले) ३२
बिरञ्जना घिमिरे(स्वतन्त्र )६
वडा अध्यक्षहरुः
वडा नं. १. वडा अध्यक्ष तर्फ
(खसेको मतः २२९५)
कुल प्रसाद सापकोटा(नेपाली काँग्रेस) ३४
शालिकराम पराजुली(नेकपा एमाले)३२
गणेश पौडेल(माओवादी केन्द्र):२२