माओवादी केन्द्रको प्यानल विजयी

0
79

कुमाख ,बैशाख ३१- कुमाख गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन्। शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। वडा नं. ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो। कुल मतदाता १९८९ रहेको वडा नं. ७ मा १३३८ मत खसेको थियो।