रत्ननगर ९ मा खस्यो ७५ प्रतिसत मत

0
161

चितवन,बैशाख ३०- रत्ननगर ९ मा कुल २ हजार ८ सय १० मत खसेको छ । कपरफोरी मा बि मा ८ सय ३५ महिला र ७ सय ६९ पुरुष सहित १ हजार ६ सय ३४ मत खसेको छ भने मोहना माविमा ५ सय ९७ महिला र ५ सय ७९ पुरुष गरि १ हजार १ सय ७६ मत खसेको छ । यो कुल मतदाता संख्याको ७५ दशमलव ९ प्रतिसत हो । रत्ननगर ९ मा ३ हजार ७ सय २ मतदाता रहेका छन ।

रत्ननगर ९ मा कुनै झमेला विना सौहार्द पूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । यहा नेकपा एमाले बाट घपन बहादुर लामा, मावोवादी केन्द्र र समाजवादी बाट साझा रुपमा सरस्वति लामा, स्वतन्त्र तर्फ अनन्त अधिकारी, विष्णुहरि देवकोटा लगाएत अध्यक्ष पदमा ८ जनाको दावी रहेको छ ।