इङ्लिस प्रिमियर लिगमा चेल्सीको सहज जीत

0
150

एजेन्सी, वैशाख २९- इङ्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले सहज जीत निकालेको छ । गएराति भएको खेलमा चेल्सीले दस खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो ।

एल्यान्ड रोडमा भएको खेलमा चेल्सीलाई जीत दिलाउन मेसन माउन्ट, क्रिस्टेन पुलिसिक र रोमेलु लुकाकुले एक/एक गोल गरे । खेलको चौथो मिनेटमै जेम्सको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । २४ औं मिनेटमा डानियल जेम्स रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो ।

५५ औं मिनेटमा माउन्टको पासमा पुलिसिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । यस्तै ८३ औं मिनेटमा जियचको पासमा लुकाकुले गोल गर्दै चेल्सीलाई ३-० गोलको जीत दिलाए ।

जीतसँगै चेल्सी ३६ खेलबाट ७० अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ भने पराजित लिड्स समान खेलबाट ३४ अङ्कको साथ १८ औं स्थानमा रहेको छ ।