बस दुर्घटना हुँदा ३० जना घाइते

0
151

डोटी, वैशाख २९- डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस आज विहान ५ बजे दुर्घटनामा परेको हो।सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बसमा सवार ३० जना घाइते भएका हुन्।

घाइते केहिको अवस्था समान्य छ । दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।